जनचाहना न्यूज
दमौली १३ माघ
मिजार समाज सेवा समुह दमौलीको अध्यक्षमा बाबुराम नेपाली सर्वसम्वत चयन भएका छन् । समाजको शनिबार सम्पन्न चौथो अधिवेशनले नेपालीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा रेनु नेपाली,सचिवमा एस.बि.नेपाली सहसचिवमा रबि धमेल र कोषाध्यक्षमा प्रेम मौरती चयन भएका छन् । समाजको सदस्यमा मिन मजकोटी,रुपा रम्तेल,बिरु बस्याल,जीतबहादुर अच्छामी चयन भएका छन् । त्यसैगरी समाजको सुचकमा साजन मग्राती र भक्त बहादुर अच्छामीलाई चयन गरिएको छ । पुजारीमा समाजका जेष्ठ नागरिक चित्रबहादुर बस्याललाई चयन गरेको सो समाजले जनाएको छ । समाजका अध्यक्ष अमृत बहादुर नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष रामबहादुर गोतामेले आयव्यय प्रस्तुत गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij