Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मिजार समाज नेपाल तनहुँको जिल्ला सम्मेलनका लागि माघ २९ गते बिस्तारित बैठक बस्ने 

  • 336
    SHARES
  • 336 Shares
  • जनचाहना न्यूज
    दमौली १९ माघ 
    मिजार मासज नेपाल तनहुँ जिल्लाको सम्मेलन आयोजना गर्नका लागि यहि माघ २९ गते समाजको बिस्तारित बैठक बस्ने भएको छ । समाजका अध्यक्ष रनसिं नेपालीको अध्यक्षतामा शुक्रबार दमौलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बिस्तारित बैठकले जिल्ला सम्मेलनको मिति तय गरिने समाजका उपाध्यक्ष गोपाल सुर्खालीले जानकारी दिए ।

    mmm.jpg

    बैठकमा सहभागि जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल,सिताराम सुर्खाली,प्रेम रम्तेल,रेनुमाया नेपाली लगायतका व्यक्तिहरुले राजनैतिक बैचारिक दृष्टिकोणबाट माथि उठेर समाजलाई गतिशील बनाएर लैजानुको लागि संगठन बिस्तार कार्यलाई तीब्रता दिनुपनेमा जोड दिएका थिए । साथै बैठकमा संस्थाको कार्य विधि र बिचारलाई आत्मसाथ गर्दै अघि बढ्नुको बिकल्प नरहेको बताएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार