Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

माउण्ट अन्नपूर्णमा जनचेतनामूलक प्रतिबद्धता प्रदर्शन

  • 326
    SHARES
  • 326 Shares
  • १९ माघ पोखरा 
    माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिबद्धता प्रदर्शन गरिएको छ । एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय–समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए ।
    सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा उल्लेख्य काम गरेको बताए । उनले संघको आयोजना र केन्द्रको सहआयोजनामा विभिन्न समयमा यसरी नै फिल्म प्रदर्शन हुँदै युवा पुस्तामा सचेतना फैलाउँदै आएकोसमेत जानकारी दिए ।
    विद्यालयका प्रधानाध्यापक सइन्द्र श्रेष्ठले विद्यार्थी भाइबहिनीले सामान्य ठानेका घटना तथा विषयवस्तुले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसबाट सचेत गराउन फिल्म उपयोगी रहेको धारणा राखे ।
    सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका प्रहरी हवल्दार गौतमकुमार हायुले पछिल्लो समय बढ्दै गएको साइबर अपराधबारे विद्यार्थीलाई सचेतना गराएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार