Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्याङ्जा–तनहुँ सम्पर्क सदनको अध्यक्षमा बिक,सचिवमा गिरी,कोषाध्यक्षमा वाग्ले  

  • 588
    SHARES
  • 588 Shares
  • जनचाहना न्यूज
    दमौली २७ माघ
    स्याङ्जा–तनहुँ सम्पर्क सदनको १२ औ बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले बिनोद कुमार बिक (विकास) लाई अध्यक्ष पदमा सर्वसम्वत चयन गरेको छ । उपाध्यक्षमा पुरुषतर्फ भीमप्रसाद ढकाल,महिलातर्फ मन्जु वाग्ले,सचिव कृष्ण गिरी,कोषाध्यक्ष इन्द्रप्रसाद वाग्ले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पूर्णप्रसाद अधिकारी,भेषराज तिवारी,बिष्णु गिरी,लक्ष्मी पौडेल,महेन्द्रराज शर्मा र कृष्ण न्यौपाने चयन भएका छन् ।

    nnn.jpgकार्यक्रमका प्रमुख अतिथी सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, विशिष्ट अतिथी गोरखाली समाज तनहुँका सल्लाहकार झनक नारायण श्रेष्ठ,स्याङ्जा–तनहुँ सम्पर्क सदनका पूर्व अध्यक्ष हेमकान्त लम्साल लगायतका वक्ताहरुले बिजयी पदाधिकारीहरुको कार्यकालको सफलताको कामना गर्दै हार्दिक बधाई व्यक्त गरेका थिए ।

    aa.jpgकार्यक्रममा बोल्ने वक्ताहरुले स्याङ्जा–तनहुँ सम्पर्क सदनले स्याङ्जा घरभई तनहुँमा बसोबास गर्दै आएका स्याङ्जालीहरुलाई समेटेर भाइचाराको संम्बन्ध प्रगाढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा जोड दिएका थिए । सदनका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार