जनचाहना न्यूज
तनहुँ २९ माघ
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डेले प्रेस जगतलाई व्यवस्थित,मर्यादित र जिम्मेवार बनाउन काउन्सिलले आचारसंहिता जागरण अभियान थालेको बताए ।
काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा तनहुँको संयोजनमा सोमबार दमौलीमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
प्रेस काउन्सिल नेपालले संचार माध्यमहरुको अनुगमनका माध्यमबाट आवश्यक निगरानी,सुझाव र सचेत गराउँदै पत्रकारिताको रचनात्मक र सिर्जनशील विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । काउन्सिलकी अर्का सदस्य दुर्गा भण्डारीले संचारमाध्यमलाई स्वस्थ,स्वच्छ,स्वतन्त्र र मर्यादित पत्रकारितामैत्री बनाउन प्रेस काउन्सिलले जिल्ला जिल्लामा पुगेर सचेत गराउने कार्य गर्दै आएकोमा जोड दिइन् ।

प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पछिल्ला समय दर्ता र सूचिकृत भएका अनलाइन बिरुद्व उजुरी दर्ता हुने क्रम बढ्दै गएको बताए ।
ठुला अनलाइन संचारमाध्यमहरुले समेत आचारसंहिता पालनामा अटेरी गर्ने प्रवृत्ति रहेकालाई त्यस्ता कार्य रोक्न प्रेस काउन्सिल सक्रिय भएर लागेको उनले बताए ।
हिंसा,आतंक,अश्लीलता र अपराधलाई प्रश्रय नदिई पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने लगायतका बिषयमा सूचना सम्प्रेषण गर्न नहुनेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले जिल्लामा संचालित संचारमाध्यमहरुका अवस्था,चुनौती लगायतका बारेमा अवगत गराएका थिए ।
काउन्सिलले आइतबार गोरखा,सोमबार तनहुँमा जागरण अभियान कार्य सम्पन्न गरिसकेको छ भने मंङगलबार लमजुङमा कार्यक्रम गर्ने तालिका तय भएको प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष डम्बर अधिकारी,प्रेम पौडेल,ओमकार आचार्य लगायतका वक्ताहरुले पत्रकार संचारमाध्यमहरुले पत्रकारिता आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम शाखाका सचिव प्रताप रानाले संचालन तथा उपाध्यक्ष अस्मिता खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij