Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

लायन्स क्लब व्यास सिटीद्धारा बृक्षरोपण

  • 381
    SHARES
  • 381 Shares
  •  

     

    लायन्स क्लब अफ तनहुँ व्यास सिटीको आयोजनामा शनिबार आदिकवि भानुभक्त परिसरमा फलफूलका बिरुवा रोपिएको छ । जिल्लाको व्यासनगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस   लायन्स साइन्स ल्याब भवन क्याम्पस परिसरमा करिब तीस वटा फलफूलका बिरुवा रोपिएको हो ।

    क्लबका अध्यक्ष कुमार मल्ल,क्याम्पस प्रमुख महाप्रसाद हडखले लगायतका पदाधिकारीहरुले कागती,लिची,कटहर लगाएतका बिरुवा रोपेको  लायन्स क्लब अफ तनहूँ दमौलीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ  राकुले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लायन्स क्लव अफ सत्यबती,लायन्स क्लब तनहूँको पनि सक्रिय सहभागिता रहेको थियो । उक्त लायन्स क्लबहरुले सामाजिक कार्यमा सक्रिय भएर भूमिका निर्वाह गर्दै आएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार