मिजार समाज तनहुँका सक्रिय सदस्यद्वयलाई पितृशोक परेको छ । समाजका सदस्य भक्तबहादुर र जीतबहादुर अछामीलाई पितृशोक परेको हो । बृटिश आर्मीबाट अवकाश प्राप्त बुबा तुलबहादुर अछामीको ९० बर्षको उमेरमा आइतबार निधन भएको हो । पेट सम्बन्धी समस्या रहनु भएका अछामीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । शुक्लागण्डकी स्थित दुलेगौडा घाटमा आइतबार नै उहाँको पार्थिब शरीरलाई अन्तेष्टी गरिएको छ । समाबेदना प्रकट गर्न उहाँका परिवारजन,आफन्तजन,इष्टमित्रहरुको घाटमा बाक्लो सहभागिता रहेको थियो । मृतक अछामीको धर्मपत्नी पुर्णीमाया अछामी,छोराहरु हुमबहादुर, कुम्भसिंह, डम्बर, राजकुमार छोरी मिना र १५ जना नातिनातिनी रहेका छन् । समाबेदना एवं शोकसन्तप्त परिवारजनमा सान्तवना प्रकट गर्न समाजका संस्थापक अध्यक्ष गुञ्जमान कोइराला,बर्तमान अध्यक्ष अमृत बहादुर नेपाली,कोषाध्यक्ष रामबहादुर गोतामे लगायतका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij