जनचाहना न्यूज
दमौली १६ फागुन
व्यास नगरपालिका–६ श्याम्घा शिशाघाट स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको कार्य समिति पुर्नगठन गरिएको छ । मञ्चको बुधबार भएको भेलाले अध्यक्षमा भानु चापागाईलाई सर्वसम्वत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा चुना नागिला पन्थ,सचिवमा राजीव ओझा,कोषाध्यक्षमा रुद्रसिंह ठकुरी,सहसचिवमा बिसु गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा बिष्णु गुरुङ,नवराज छिमाल,सुकबहादुर परियार,राजन अधिकारी,लक्ष्मी छिमाल कडेल,सरस्वती राजभण्डारी चयन भएका छन् ।
त्यसैगरी संरक्षकमा विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा केशर बहादुर आले विव्यास अध्यक्ष,रामचन्द्र पन्थ,राजेन्द्र जमरकट्टेल,नारायण नागिला,प्रकाश कैनी,इमानसिं दुरा,ताराराम श्रेष्ठ,बिष्णु चापागाई,टिका गिरी र सन्जु केसी रहेका छन् । मञ्चले सामाजिक क्रियाकलाप लगायतका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरतामा जोड दिइने अध्यक्ष चापागाईले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij