जनचाहना न्यूज
दमौली २२ फागुन
बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउन निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जनप्रतिनिधी र कर्मचारीका छोराछोरीलाई शैक्षिक सत्र वैशाख महिनादेखि पढाउनका लागि निर्णय पारित गरेको हो । सामुदायिक विद्यालयप्रति हेरिने दृष्टिलाई परिवर्तन गर्दै शैक्षिक गुणस्तर बृद्वि गर्न गाउँपालिकाले यस किसिमको अभियान थालेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि मानिसमा विश्वासको वातारण हुनेछ,उनले भने,‘निर्णय भैसकेको छ,अब प्रमाणीकरण गरेर कार्यन्वयनमा लैजाने तयारीमा छौ ।’
बन्दीपुर गाउँपालिकामा चौतिस जना जनप्रतिनिधी रहेका छन् । गाउँपालिका मातहत छ वटा वडाहरु रहेको छ । जसमा एकातीस वटा सामुदायिक र चार वटा नीजि विद्यालय संचालनमा रहेका छन् । सामुदायिक र नीजि विद्यालयमा अध्ययनरत बालबालिकालाई विभेद नहुने किसिमले पोशाकमा एक रुपता ल्याउने तयारी पनि भैरहेको अध्यक्ष थापाले बताए । यसअघि जिल्लाको आँबुखैरेनी गाउँपालिकामा जनप्रतिनिधीहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन थालिसकेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij