तनहुँ २२ फागुन
स्वर्गीय मोतीकुमार जोशीको स्मृतिमा उनका परिवारद्धारा व्यास–२ स्थित सत्यवती माविमा तीन लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ । व्यास नगरपालिका–२ सुनचाँदी लाइन निवासी स्व.जोशीको स्मृतिमा उनका परिवारहरुले अक्षयकोष स्थापना गरेका हुन् । स्व.जोशीको धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक सङ्घको अध्यक्ष सोमराज सिग्देललाई सोमबार विद्यालयमा रु.तीन लाख एक हजार एक चेक हस्तान्तरण गरेकी हुन् ।
जोशी परिवार सन्तुमाया जोशी, सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अक्षयकोषको लागि रकम प्रदान गरिएको हो । दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमायाले बताइन् । मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij