जनचाहना न्यूज
दमौली २२ फागुन
बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्वि गर्नका लागि प्रत्येक विद्यालयका शिक्षकलाई शिक्षक डायरी वितरण गरेको छ । शिक्षकले प्रत्येक पाठ योजना बनाएर विद्यार्थी केन्द्रित शिक्षण विधिबाट पढाउनका लागि शिक्षक डायरीको महत्वपूर्ण भूमिका हुने सो गाउँपालिकाले जनाएको छ ।
शैक्षिक सामाग्री कसरी प्रयोग गर्ने,कुन उद्वेश्य राख्ने,क्रियाकलापको मुल्याङकन कसरी गर्ने भन्ने बिषयमा शिक्षकहरुलाई शिक्षक डायरीले सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
विद्यालयमा शिक्षक डायरी पूर्ण रुपमा प्रयोग गरेर पढाउन अभियानकै रुपमा अघि बढाएको छौ,उनले भने,‘अधिकाँश शिक्षकले डायरी प्रयोग गरेको पाइएको छैन्,यसलाई कडाईका साथ लागू गराउने योजनामा रहेको छ ।’
उक्त विधिलाई प्रयोग गरिएको अवस्थामा विद्यालयको गुणस्तर शिक्षामा सुधार आउने भएकाले शिक्षक डायरी अनिवार्य प्रयोग अनिवार्य गर्न लगाइएको छ,उहाँले भन्नुभयो ‘डायरी प्रयोग नगर्ने शिक्षकलाई कारबाही गर्ने व्यवस्था पनि गरिएको छ ।’
अहिले प्रत्येक विद्यालयमा पुगेर शिक्षक डायरी प्रयोग भए,नभएको बिषयमा अनुगमन गर्ने कार्यलाई तीब्रता दिइएको सो गाउँपालिकाले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij