जनचाहना न्यूज
तनहुँ २२ फागुन
चर्चित सामाजिक सञ्जाल फेसबुकमा मंगलबर समस्या देखिएको छ । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरेका छन् । तर, समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म फेसबुकले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली समय अनुसार मंगलबार साँझ ९ देखि यो समस्या देखिएको हो ।