Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शान्तिबर्षाका विद्यार्थीलाई ट्राफिक सचेतना संम्बन्धि प्रशिक्षण 

  • 440
    SHARES
  • 440 Shares
  • जनचाहना न्यूज
    तनहुँ २४ फागुन 
    जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले विद्यालयमा पुगेर ट्राफिक सचेतना सम्वन्धि प्रशिक्षण दिन थालेको छ । सामुदायिक एवं नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सडकमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षाको बारेमा जानकारी दिन सुरु गरेको हो ।
    सडकमा हिड्दा,सडक पार गर्दा,बस चढ्दा वा झर्दा लगायतका बिषयमा सचेत बन्नुपर्ने लगायतका बिषय प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले बताए ।t3.jpg

    विद्यालयको अनुरोधमा व्यास–५चापाघाट स्थित शान्ति बर्षा अंग्रेजी बोर्डिङ स्कुलमा अध्यानरत कक्षा ८,९ र १० का असी जना विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको हो ।
    जिल्लमा रहेका अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गर्ने योजना रहेको छ । 
    बालबालिकाले ट्राफिक नियमको पालना नगर्ने, अभिभावकले पुर्ण रुपमा सचेत नगराउने र विद्यार्थीहरु सवारी दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरुन भन्ने उद्वेश्यले सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको विद्यालयका प्रद्यानध्यापक उदित पौडेलले बताए । 
    सवारी साधनको दुरुपयोग गर्न सक्ने विद्यार्थीलाई यस कार्यक्रमले सचेत बनाउने बिश्वास गरिएको छ,उनले भने,‘प्रशिक्षण लिएका विद्यार्थीले अन्य विद्यार्थीलाई सिकाएर सचेत बनाइनेछ ।’ 
    सडक दुर्घटना भएमा क्षति सवारी चालकलाई हो ट्राफिक प्रहरीलाई होइन भन्ने मूल नारासहित अभियान अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार