Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

निर्मल माध्यमिक विद्यालयको प्रयोगशाला भवनको शिलान्यास 

  • 373
    SHARES
  • 373 Shares
  • जनचाहना न्यूज
    दमौली २५ फागुन 
    जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा शैक्षिक प्रयोगशाला भवन बन्ने भएको छ । भवनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच शुक्रबार शिलान्यास गरे । 
    सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्लो समय व्यवहारिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढ्दै गएको बताए । 
    शिक्षा विकास तथा समन्वय इकाई तनहुँको रु.दुई करोड ५६ लाख ७४ हजार १२२ आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको हो । 
    उक्त विद्यालयले विगत चार बर्षदेखि डिप्लोमा इन सिभिल इन्जिनियरीङ बिषयको पढाई संचालन गर्दै आएको छ । बिहानको समयमा कक्षा ११ र १२ मा सिभिल इन्जिनियरीङको पढाई संचालन गरेको हो । 
    सिभिल इन्जिनियरीङतर्फका विद्यार्थीका लागि छुट्टै प्रयोगशालाको आवश्यक पर्ने देखिएकाले भवन निर्माण कार्य अघि बढाइएको विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पन्थले जानकारी दिए ।  
    भवनको अधिकारी कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको ठेक्का पाएको छ । विसं २०८१ असार २३ भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । 
    ३१ मिटर लम्बाई र चौडाई १२ मिटर क्षेत्रफलमा प्रयोगशाला भवन निर्माण गर्न लागिएको हो,उनले भने, ‘भवन निर्माण पश्चात विद्यार्थीलाई प्राक्टिकल गराउन सहज हुनेछ ।’ 
    विद्यालयको छुट्टै प्रयोगशाला भवन नहुँदा विद्यार्थीले कठिनाई भोग्नुपरेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । 
    निर्माण कार्य सम्पन्न भएपछि विद्यार्थीको पढाईसंगै प्राक्टिकल गराउन सहज हुने बिश्वास गरिएको उनले बताए । 
    प्रयोगशाला भवनको अभावमा विद्यालयस्तरको कम्युटर र साइन्स बिषयको प्रयोगशाला एउटै कोठाबाट चलाउदै आएको सो विद्यालयले जनाएको छ । 
    उक्त विद्यालयमा हाल प्राविधिकतर्फ सहित एक हजार बढी विद्यार्थी अध्ययनरत छन् । चार जना इन्जिनियर शिक्षक सहित छयालिस जना शिक्षक शिक्षिका कार्यरत छन् । उक्त विद्यालयले बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन गराउँदै आएको छ ।    

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार