जनचाहना न्युज
तनहुँ २६ फागुन
नेपाल शिक्षक संघ तनहुँले जिल्लाका एक सय जना शिक्षकलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । संघको २५ औं जिल्ला प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रमको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षकहरुलाई सम्मान गरेको हो ।
संघमा रहेर उल्लेखनीय योगदान पु¥याउने शिक्षकहरुलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी र संघका जिल्ला अध्यक्ष रमेशबाबु भट्टराईले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
तनहुँ जिल्लामा विशिष्ट, कर्मठ र साधारण सदस्य गरी तीन हजार चार सय शिक्षकहरु संघमा आबद्ध रहेका छन । जिल्लाभित्रका शिक्षकहरुलाई छिट्टै प्रविधिमैत्री बनाउने योजना रहेको संघका अध्यक्ष भट्टराईले बताए ।
संघको भवन निर्माणका लागि जग्गा खरिद गर्ने काम भइसकेको र आफ्नै भवनमा शिक्षकहरुलाई विभिन्न किसिमका तालिम प्रदान गरी क्षमतावान बनाइने उनले बताए ।
शिक्षकहरुलाई समय सापेक्ष प्रविधिमैत्री बनाइनेछ भट्टराईले भने,‘संघले व्यास नगरपालिका–३ शान्तिनगरमा साढे दुई आना जग्गा समेत खरिद गरिसकिएको छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँकाप्रमुख उद्धवराज कट्टेल, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल, संघका सचिव नगेन्द्रराज न्यौपाने, राजु ढकाल, उपाध्यक्ष अशोकचन्द्र वाग्ले, शिक्षक नेता विजयराज पौडेल, ब्रह्मदत्त तिमल्सेना,शिक्षक संघ लमजुङका पूर्व अध्यक्ष विष्णुहरि वास्तोला, कास्कीका अध्यक्ष राजु क्षेत्री,संघका रमेशचन्द्र हड्खले,गणेश बहादुर खत्री, रसमाया गुरुङ , नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका सभापति कृष्ण केसी, शिक्षक संघ का उपाध्यक्ष अशोक चन्द्र वगाले,व्यासनगर अध्यक्ष ईन्द्रप्रसाद पौडेल, एकिकृत अखिल शिक्षक संगठनका सचिव सिद्धान्त गर्जा मगर, प्रअहरुको तर्कबाट हरिराज काफ्ले, अनिल श्रेष्ठ लगायतकाले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न शिक्षकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij