गण्डकी प्रदेशका मन्त्री डोवाटे बिक नेपाली काँग्रेसका सक्रिय सदस्य हाजी अब्दुल रहिम मियाँको निधनप्रति समबेदना प्रकट गर्न बुधबार भानुको सम्जुर पुग्नुभएको छ । भानुनगरपालिका–१३ सम्जुर निवासी मियाँको मंगलबार निधन भएपछि मन्त्री बिक सहितका टोली घरमै पुगेर स्व.मियाँको निधन प्रति गहिरो समबेदना प्रकट गर्नुभएको हो । साथै सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै सान्तवना प्रकट समेत गर्नुभएको थियो । मुस्लिम संघका केन्द्रिय सल्लाहकार समेत रहनु भएका मियाँले पार्टीमा पुराउनुभएको योगदानको चर्चा गर्दै उहाँले पार्टी प्रति देखाएको योगदानको कदर गरिनुपर्नेमा जोड दिइएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सभासदस्य प्रकाश पन्थ,गण्डकी प्रदेश सभासदस्य सरीता गुरुङ र नेकाँ जिल्ला सहसचिव केश बहादुर सुनार लगायतका सहभागि भएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij