Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नव आदर्श आमा समुहको १२ औं अधिवेशन ः अध्यक्षमा सीता अधिकारी

  • 403
    SHARES
  • 403 Shares
  • जनचाहना न्यूज
    दमौली ३ चैत
    व्यास नगरपालिका–१ स्थित नव आदर्श आमा समुहको अध्यक्षमा सीता अधिकारी सर्वसम्वत चयन भएकी छन् । समुहको शनिबार सम्पन्न २१ औं साधारण सभा तथा १२ औं अधिवेशनले अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हो । समुहको उपाध्यक्षमा पार्वती हड्खले,सचिवमा कल्पना हड्खले,कोषाध्यक्षमा सुष्मा सिलवाल चयन भएकी छन् । 
    त्यसैगरी सदस्यहरुमा संगीता बिक,कमला जिसी,अन्जना गुरुङ ,कल्पना अछामी,शर्मिला हमाल र सावित्रा लौडारी गरी ११ सदस्यीय समिति चयन गरिएको संस्था का कानूनी सल्लाहकार एवम निर्वाचन संयोजक अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी दिए । समुहकी अध्यक्ष सावित्रा हडखलेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एवं व्यास–१ का वडाध्यक्ष रमेश चन्द्र हडखलेले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष हड्खलेले महिलाहरु सामाजिक क्रियाकलापमा सक्रिय हुदै आयआर्जनतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए । साथै उनले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामनासहित  बधाई व्यक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार