बाँके १३ चैत्र
विद्यालयको पहुँच बढाउन राप्ती सोनारी र नरैनापुरमा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानले ६ किशोरीलाई साईकल उपलब्ध गराएका छन् । सामूहिक रुपमा इफतार गरे पछि कार्यकारी निर्देशक खानको सहयोगमा युथ टुडेका सम्पादक आलम खानले बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल उपलब्ध गराएका हुन् । मुस्लिमहरुको पवित्र महिना रमदानको अवसर पारेर विद्यालय टाढा भएका विद्यार्थीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको हो । सो अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई रमादान महिनामा अमेरिकामा बस्दै आएका युथ टुडेका कार्यकारी निर्देशक खानले साईकल उपलब्ध गराएर राम्रो काम गरेको बताए । ‘विद्यालय टाढा हुँदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुँच बढाउँछ’ उनले भने । नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले बिपन्न छात्रछात्रालार्ई साईकल दिएर धेरै राम्रो काम गरेको बताउनु भयो । दूर दराजमा रहेका विद्यार्थीलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उनले बताए ।
अमेरिका बस्दै आउनु भएका खानले विद्यालयको अवस्थामा सुधार ल्याउन सहयोग गरेको बताए । यस्ता सहयोग निरन्तर जारी रहने पनि आश्वसन दिए । साइईकल पाएपछि किशोरीहरु निकै खुसी भएका थिए । खानको सहयोगमा राप्तीसोनारी ७ मा रहेको शहिद दल बहादुर घर्तिमगर खेलमैदानमा मोटर र खानेपानी ट्यांकी सहित धारा जडान गरिएको थियो । साईकल वितरण कार्यक्रममा नरैनापुर गाँउपालिका १ का वडा अध्यक्ष इसाक जोलाह, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत, इन्जिनियर प्रविन श्रेष्ठ, नेपालगंज ४ का निर्वतमान वडा अध्यक्ष सफिक बेहना लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij