दमौली १५ चैत्र
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । तनहुँबाट एसइई परीक्षामा ५ हजार ४ सय ६२ परीक्षार्थीले परीक्षा दिदै छन् । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । परिक्षाको सम्पूर्ण तयारी पूरा भएको तथा प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्लामा पु¥याइएको बोर्डले जनाएको छ ।
एसईई परिक्षाका लागि तनहुँमा २६ परिक्षा केन्द्र तोकिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले परिक्षा केन्द्रहरु निर्धारण गरेको हो । तनहुँका परिक्षा केन्द्रहरुमा व्यासको सत्यवती मावि, बालमन्दिर,निर्मल मावि,जलदेवी मावि भादगाउँ, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चण्डीदेवी राष्ट्रिय मावि कुमालटारी र क्यामिन मावि कलेस्ती रहेको छ । त्यसैगरी म्याग्देको मिन मावि थर्पु, शुक्लागण्डकीको सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे र गाउँफर्काेदय मावि ढोरफिर्दी रहेका छन् ।
त्यसैगरी भिमादको जनज्योती मावि भिमाद र धर्म मावि भिमाद, घिरिङको चन्द्रज्योती मावि घिरिङ, ऋषिङको शिव सरस्वती मावि ऋषिङ, बन्दिपुरको विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले र भानु मावि बन्दिपुर, भानुको होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार र चन्द्रावती मावि टुहुरेपसल आबुँखैरेनीको मित्रता मावि सत्रसय र देवघाटको महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् ।
परीक्षाका लागि कार्यालयले देशरभ दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । देशभर सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ । विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । परीक्षाका लागि कार्यालयले देशरभर दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij