व्यासनगरपालिका–२ स्थित सत्यबती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा करुण काफ्ले भारी मतले निर्वाचित हुनुभएको छ । अध्यक्ष पदको लागि शनिबार भएको निर्वाचनमा करुण काफ्लेले अत्याधिक मत ल्याएर बिजयी बन्नुभएको हो । अध्यक्ष पदका तीन उम्मेद्वारलाई पछि पार्दै काफ्लेले अध्यक्ष पदको नेतृत्व लिन सफल बन्नुभएको हो । सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसक्दा निर्वाचिन प्रक्रियामा गएको हो । कूल खसेको १०७५ मत मध्ये काफ्ले ५८० मत ल्याएर निर्वाचित बन्नुभएको हो । उहाँका प्रतिद्धन्दी सुरेश वाग्लेले २९०,सूर्यचन्द्र लम्सालले १२६ र माधव अधिकारीले ५९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा २० मत बदर भएको थियो । निर्वाचित अध्यक्षलाई वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यासनगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मी र प्रधानाध्यपक इन्द्र प्रसाद पौडेल लगायतकाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अन्य पदका लागि यस अघि नै सर्बसम्वत चयन भएको थियो । गुणस्तर शिक्षा प्रदानमा राष्ट्रिय रुपमा ख्याती कमाउन सफल उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पद हत्याउन धेरै उम्मेद्वार आकाक्षी भएका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij