तनहुँ १५ चैत्र
चारैतिर अग्लो पर्खाल,त्यसमाथि काँडेतार घेरिएको तनहुँ कारागारमा रहेका एक कैदीले एसइई परिक्षा दिएका छन् । भानु नगरपालिका–१ का कतव्र्य ज्यान मुद्धाका कैदीले यस वर्ष एसइई परीक्षा दिएका हुन् ।
व्यास नगरपालिका–३, दमौली स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक केन्द्रबाट परीक्षा दिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
छ महिना अघि जेल परेका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन,उनले भने,‘जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो भएको छ ।’
विशेष सुरक्षा व्यवस्था मिलाई परिक्षा केन्द्रमा पु¥याएर जाँच दिने व्यवस्था मिलाईएको अधिकारीले जानकारी दिए । यसबर्ष तनहुँमा पाँच हजार चार सय बैसठ्ठी जनाले एसइइ परीक्षा दिएका छन् । परीक्षाका लागि तनहुँमा छब्बीस केन्द्र तोकिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij