तनहुँ १६ चैत्र
तनहुँको भिमाद–६, स्थित धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक जना किरियापुत्री परीक्षार्थीले एसइइ परीक्षा दिएका छन् । जिल्लाको बुचाखानी माध्यमिक विद्यालयका नियमित छात्र सुरज बि.कले एसइइ पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् । उक्त परीक्षा केन्द्रमा ८ विद्यालयका नियमिततर्फ २१३ र ग्रेडवृद्धितर्फ ४ गरि कुल २१७ परिक्षार्थीले परीक्षा दिएको परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष अरुणचन्द्र भट्टराईले जानकारी दिए । परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको भट्टराईले बताए ।