व्यासनगरपालिका कार्यालयले कार्तिक २९ गते (ठुलो एकादशी) हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कार्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो । व्यासनगरपालिका अन्र्तगतका संम्पूर्ण कार्यालयहरु,वडा कार्यालय,स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी व्यासनगरपालिका भित्रका सामुदायिक तथा नीजि शैक्षिक संस्था एवं अन्य संघ संस्थाहरुमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नारी दिवस,आदिवासी दिवस,शहीद दिवस लगायतमा समेत सार्वजनिक बिदा दिदै आएको व्यासनगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाले सबै जातजाति,धर्म,लिङ्गको पहिचान एवं कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा प्राथामिकतामा राखेर काम गर्दै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij