म्याग्दे शिवसक्ति युवा क्लव म्याग्दे २ ले प्यारालाइसिसका बिरामी शिव रानाभाटलाई आर्थिक सहयोग गरेको छ । साँस्कृतिक कार्यक्रमबाट बचेको आम्दानी बाट सहयोग गरिएको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताउनुभयो । बिगत २ बर्षदेखि प्यारलाइस भएर घरमै बसेका राधा मावि जामुनेका शिक्षक रानाभाटलाई नगद १० हजार दिएर सहयोग गरिएको उहाँले बताउनुभयो । यसभन्दा अगाडि १४ हजार सहयोग गरेको र अहिले फेरि १० हजार गरि जम्मा २४ हजार सहयोग गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । क्लवले केही दिन अगाडि दिपावली को अवसर पारेर म्याग्देको पिपलडिहि मा आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो । सामाजिक उत्तरदायित्वको भावनाले रकम सहयोग गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । कहिले ब्यक्तिगत लगानीमा बाटो निर्माण र कहिले कोभिड महामारीको बेला निशुल्क गाडि सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष क्षेत्री बताउनुभयो । उक्त क्लब सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्ने क्लब अन्र्तगत पर्दछ । साँस्कृतिक कार्यक्रम भएको बेला पनि बाल कलाकारले हौसलाको लागि पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij