Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मिलिजुली दिदीबहिनी समुहको साधारणसभा सम्पन्न ,पत्रकार खनाल सम्मानित

  • 247
    SHARES
  • 247 Shares
  • म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा रहेको मिलिजुली दिदिबहिनी समुहको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बिच प्रमुख अतिथि पत्रकार बिकास खनालले सुभारम्भ गरे । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले महिलाहरू एकजुट भएर समाज परिवर्तनको काममा लाग्नुपर्ने बताए । समुहमा लागेका महिलाहरू सिपमुलक तथा आयआर्जन मुलक काममा लाग्नुपर्ने र त्यसले आत्मनिर्भर बनाउने खनालको भनाइ थियो । समाजमा रहेका विकृति  बिसंगति हटाउन , जनचेतनामूलक कामहरू गर्न महिलाहरू लाग्नुपर्ने भन्दै खनालले  ब्यक्तित्व बिकासका लागि तालिमहरू सञ्चालन गरि सबै महिला लाई सक्षम बनाउन लाग्न सुझाव दिए । कार्यक्रममा दिदीबहिनी समुहकि अध्यक्ष संगिता खनालले सबै दिदिबहिनी एकजुट हुनसके परिवर्तन सम्भव भएको बताइन् । अन्य समयमा घरको काममा भुल्नु परेपनि समुहले गरेका समाजिक काममा सकृय भइ लागेर सफल बनाउन सके मात्रै समूह गठनको औचित्य प्रमाणित हुने खनालले बताइन् । हामी आपसि तिक्तता छोडौँ , वैमनस्यता त्यागौँ , सबै महिला दिदिबहिनी एक मन एक तन भऔं , अनि मात्रै हामी बलियो हुन्छौं , समूह बलियो हुन्छ खनालले भनिन् । कार्यक्रममा समुहकि कोशाध्यक्ष उर्मिला खनालले समुहले सामाजिक  उत्तरदायित्वको भावना अनुसार राजमार्ग सरसफाइ लगायतका कार्यक्रम हरू गर्दै आएको जानकारी दिइन् । सोहि अवसरमा  पत्रकारिताको क्षेत्रबाट समुहको गतिविधि र समुहले गरेका कामको बारेमा सुसूचित गराउन सहयोग गरेको भन्दै प्रमुख अतिथि समेत रहेका पत्रकार बिकास खनाललाई सम्मान गरिएको थियो । खनाललाई अविर , खादा , डायरी तथा कलमले जेष्ठ सदस्य इन्दिरा खनालको हातबाट सम्मान गरिएको समुहकि कोशाध्यक्ष उर्मिला खनालले बताइन् । पत्रकार खनाललाई सम्मान गर्दै जेष्ठ सदस्य  ईन्दिरा खनालले लेखनको क्षेत्र सँगसँगै   समुहलाइ स्थापनाकाल देखि अगाडि बढाउन उचित मार्गनिर्देशन दिएको बताइन् । सम्मानित खनालले आँफुलाइ दिदिबहिनी समुहले सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै यसले थप जिम्मेवारी महशुस गराएको बताए । साधारणसभामा समुहकि संस्थापक अध्यक्ष बिष्णु अधिकारी खनाल , पुर्व अध्यक्ष बिष्णुमाया खनाल सहित तारादेवि खनाल , लक्ष्मी खनाल , हिमा खनाल , देवी पौडेल खनाल , सुस्मिता खनाल , सम्झना खनाल , सरिता खनाल  लगायतको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा सरस्वती खनालले समुहलाइ १ हजार आर्थिक सहयोग गरेकि थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार