म्याग्दे गाउँपालिका वडा नं ३ मा रहेको पसले युवा क्लवले विद्यालयमा शैक्षिक गुणस्तरको लागि पहल थालेको छ । पसलेमा रहेको पसले आ।बि को शैक्षिक गुणस्तर सँगै अन्य पुर्वाधार बिकासका लागि युवा क्लवले केकस्ता सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल गरेको पसले युवा क्लवका अध्यक्ष आशिश श्रेष्ठले बताए । अध्यापन गराउने शिक्षक , अध्यन गर्ने विद्यार्थी र ब्यबस्थापन को जिम्मेवारी पाएको समितिले आआफ्नो भुमिका र जिम्मेवारीलाई कसरी वहन गर्न सक्छन् र त्यसको सहजिकरणका लागि क्लबले कस्तो भुमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा छलफल गर्यौँ अध्यक्ष श्रेष्ठले भने । छलफल कार्यक्रममा बि।ब्य।स। अध्यक्ष सुदिप लामिछाने , प्र अ बिजयराज पोख्रेल , शिक्षक एकबहादुर केसी , लेखापाल सुनिल शरण वाग्ले , क्लबका सचिब श्री राम थापा र सह(सचिब मनोज श्रेष्ठ , लेखराज लामिछाने , दधिराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । छलफल पश्चात् बि।ब्य।स अध्यक्ष सुदिप लामिछानेले क्लब बिद्यालय बिकास को लागि अपरिहार्य रहेको र आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै क्लबलाई बिशेष जिम्मेवारी प्रदान गरिने बताए । आशिश श्रेष्ठ अध्यक्ष भए पश्चात् क्लवले सामाजिक अभियान र सकृयता बढाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij