जनचाहना न्यूज
दमौली १० बैशाख
व्यास नगरपालिकाका जनप्रतिनिधीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने निर्णय भएको छ । व्यास नगरप्रमुख बैकुण्ण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको व्यास नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । जनप्रतिनिधीले छोराछोरी पढाउने संकल्प गर्दै शिक्षक कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई २०८१ जेष्ठ मसान्तभित्र नगर शिक्ष ऐन नियम अनुसार व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । जिल्लामा यसअघि आँबुखैरेनी,बन्दीपुर लगायतका पालिकाले जनप्रतिनिधीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिसकेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij