जिल्ला प्रहरी कार्यालय तनहूँले जुवा कौडा खेलिरहेको अवस्थामा एघार जनालाई पक्राउ गरेको छ । जिल्लाको म्याग्दे गाउँपालिका–४ फलाम्दी खड्क बहादुर आलेको घरमा जुवा कौडा खेल भैरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पु तनहुँबाट प्रहरी टोली खटी गएको टोलीले उक्त व्यक्तिको घरमा खानतलासी गर्दा कौडा १६ वटा र नगद रु.पैचालिस हजार तिन सय बिस सहित उनीहरु पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका जुवाडेहरुलाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा सम्बन्धी कसुर शिर्षकमा म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घर धनि खड्क बहादुर आले, अन्य खेलाडीहरु भरत आले, डिल बहादुर आले, लिला बहादुर थापा, अनिल थापा, राज कुमार आले, ज्ञान बहादुर थापा, गजेन्द्र थापा, शंकर बहादुर थापा क्षेत्री, रुप नारायण मल्ल र भिमसेन नारायण श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij