बाढी पहिराले पूर्ण क्षति पु¥याएको तनहुँको ऋषिङगाउँपालिकाका पाँच घर परिवारलाई शनिबार जस्तापाता प्रदान गरिएको छ ।
गाउँपालिकाको वडा नं ४,७ र ८ वडाका गरी पाँच घरपरिवारलाई जस्तापाता र एक्काइस घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो ।
संविधान सभा सदस्य झुल बहादुर आले,गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
लाफा फाउण्डेशन र लाफा गु्रपको संयुक्त सहयोगमा उक्त सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
केही दिन अघि परेको अबिरल बर्षाका कारण बाढी पहिरा जाँदा पूर्ण तथा आँशिक क्षति भएका घरपरिवारलाई विभिन्न संघसंस्थाबाट राहत प्रदान गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij