Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानुका तीन विद्यालयमा नबप्रतिभा बिज्ञान कार्यक्रम ः तीन सय बढी लाभान्वित 

  • 718
    SHARES
  • 718 Shares
  • जनचाहना न्यूज
    दमौली १८ बैशाख 
    भानु नगरपालिका भित्रका तीन विद्यालयमा जिबन बिज्ञानद्वारा दुई दिने नबप्रतिभा बिज्ञान  कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको भानु नगर पालिकाबाट २०८०÷२०८१ को शैक्षिक  योजना मार्फत उक्त कार्यक्रमको आयोजना गरिएको हो । कक्षा ३ देखि ११ का विद्यार्थी,विद्यालय व्यवस्थाप समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारी समेत गरी तीन सय बढी मानिस प्रत्यक्ष लाभान्वित भएका थिए । 
    भानु नगरपालिका–१२ भित्रका सरस्वती मन्दिर मावि घलेछाप, राष्ट्रिय आधारभूत विद्यालय कबाजीत, र विद्या निकुञ्ज माध्यमिक विद्यालय बयापानीमाउक्त कार्यक्रम गरिएको हो । 

    जीवन विज्ञानद्वारा विद्यार्थीको अन्तर्निहित क्षमता, प्रतिभा सृजनशीलता, पढाइ प्रति एकाग्रता ध्यान लाग्ने,अध्ययनमा रुचि बढाउने र अनुशासित बन्न उत्प्रेरित गराउने कार्य भएको शिक्षक अमर भण्डारीले जानकारी दिए । 
    कार्यक्रम जीवन विज्ञान तनहुँका जिल्ला संयोजक तारा भण्डारी, प्रशिक्षक अमर भण्डारी र  पूजा सुनारद्वारा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । कार्यक्रममा वडाअध्यक्ष बेलबहादुर अधिकारी विद्यालय विव्यस अध्यक्ष, शिक्षक अभिभावक सङ्घ का अध्यक्ष र शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार