जनचाहना न्यूज
दमौली २० बैशाख
झरना कुमालका अभिभावक बनेका व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने विद्यालयमा पुगेर छात्राको पढाईको बारेमा चासो राखेका छन् । व्यास नगरपालिका–७ स्थित क्यामिन कलेस्ती माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राको पढाईप्रति चासो राखेका हुन् । कक्षा ३ देखिनै अभिभावकत्व बहन गर्दै आएका ती छात्रा अहिले कक्षा ७ उत्तिर्ण गरी कक्षा ८ मा अध्ययनरत छिन् । सो अवसरमा नगरप्रमुख न्यौपानेले अध्ययन गर्न आवश्यक पर्ने शैक्षिक सामाग्री उपलव्ध गराएका थिए ।