जनचाहना न्यूज
दमौली २१ बैशाख
व्यास नगरपालिकाबाट संचालित व्यासनगर समता विद्यालयमा यसबर्ष २० जना विद्यार्थी संख्या थप गरिने भएको छ । यस वर्ष भौतिक क्षमतालाई मध्यनजर गर्दै २० जना थपेर ६२ जना पुर्याइने लक्ष्य राखिएको हो । शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्याउने हेतुका साथ सञ्चालन गरेको यस विद्यालयमा शैक्षिक सत्र २०८० मा ४२ जना विद्यार्थी भर्ना भएका थिए । उक्त विद्यालयले अविभावक विहिन र विपन्न बालबालिकालाई आवास सहित अध्यापन गराउँदै आएको छ । यस विद्यालयमा विभिन्न ठाउँका अविभावक विहिन र विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको रुपमा विकास हुदै गएको छ । नगरपालिकाले यस विद्यालयलाई देशकै एउटा नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । यस विद्यालयमा अध्ययनरत बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेका छौ,उनले भने ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij