जनचाहना न्यूज
दमौली २२ बैशाख
दमौली स्थित बाराही आवासीय माध्यमिक विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । शिक्षामा कडा प्रतिस्पर्धा हुदै गएको अवस्थामा यस विद्यालयमा बर्षेनी विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
गुणस्तर शिक्षा,विद्यार्थीका लागि बसको सेवा र अनुशासन लगायतका सुविधाले विद्यार्थीको रुचि बढ्ने गरेको विद्यालयका प्रिन्सिपल धामनिधी पन्थले जानकारी दिए ।
व्यास नगरपालिका–३ दमौली स्थित यस विद्यालय विसं २०४२ सालमा स्थापना गरिएको थियो । सुरुमा ४०÷४२ जना विद्यार्थीबाट पठनपाठन सुरुवात गरेको यस विद्यालयमा अहिले एक हजार तीन सय बढी विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय प्रशासनबाट नियमित अनुगमन,बिषयगत शिक्षकले संम्बन्धित बिषयको बारेमा विद्यालय प्रशासन समक्ष रिर्पोट बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ ।
पठनपाठनलाई केन्द्रीत गरी कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकको नियमित मासिक बैठक राखेर सुझाव लिने र दिने गरिएको छ ।
बिषयगत शिक्षकले संम्बन्धित बिषयको बारेमा विद्यार्थीको रिर्पोट विद्यालय प्रशासनमा बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ । विद्यालयले कक्षा ११ र १२ मा एजुकेशन र म्यानेजमेन्ट बिषयमा समेत पठनपाठन संचालन गर्दै आएको छ ।
नीजि विद्यालय बीच प्रतिस्पर्धा भैरहेको अवस्थामा यस विद्यालयले पहिलो पटक कम्प्युटर बिषयमा अध्यापन सुरु गरी शिक्षा क्षेत्रमा ख्याति कमाउन सफल भएको विद्यालय इन्चार्ज रामशरण थापाले जानकारी दिए ।
हाल उक्त विद्यालयमा ६० जना शिक्षक कार्यरत छन् । विद्यार्थी ल्याउँन र लैजानाका लागि पाँच वटा बस संचालनमा ल्याइएको सो विद्यालयले जनाएको छ ।
गुणस्तर शिक्षा प्रदानका लागि शिक्षक तथा विद्यालय संचालक अहोरात्र खट्दै आएका कारण विद्यालयले शिक्षा क्षेत्रमा प्रगति गर्दै अघि बढेको विद्यालय संचालक सरिता श्रेष्ठले जानकारी दिइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij