एजेन्सी २२ बैशाख
तपाईंको हातमा पक्कै मोबाइल छ । तपाई पनि कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालमा जोडिनु भएको होला ।
पछिल्लो समय मानिसलाई यस प्लेटफर्मको यतिसम्म लत लागेको छ कि कुनै पनि हालतमा उनीहरु संजालमा ‘अप–टू–डेट’ रहन चाहन्छन् ।
यहाँसम्मकी खाना खाँदा होस या शौच गर्दा बच्चा होस या वृद्ध, प्राय सबैको हातमा विभिन्न कम्पनीका मोबाइल देख्न सक्छौँ ।
रोजगारी र पढाईको सिलसिलामा छोराछोरी सहर पसे । गाउँमा बा–आमा मात्रै छन् । उनीहरूका हातमा छोराछोरीले मोबाइल थमाइदिएका छन् । जसको माध्यमबाट उनीहरु आफन्तसँग भिडिओ र अडियो कलमा कुरा गर्न सक्छन् ।
एउटा मन बुझाउने बाटो भएको छ, उनीहरूलाई । उनीहरु विभिन्न मनोरञ्जनका सामाग्री हेरेर रमाउने र भावनात्मक सामाग्री हेरेर दुखी हुने गर्छन् ।
सामाजिक सञ्जालसँग उनीहरूको भावना जोडिएको छ । यद्यपि, हरेक व्यक्तिको रोजाई फरक–फरक हुने गर्छ ।
पहिलो सामाजिक सञ्जाल
तपाईँलाई सायद थाहा नहुन पनि सक्छ, सबैभन्दा पहिला सामाजिक सञ्जालको रुपमा सन् १९९७ मा सिक्सडिग्रीज आएको थियो ।
जुन धेरै समय लोकप्रिय हुन सकेन । यो संजाल सन् १९९८ देखि २००० सम्म चलेको थियो । त्यसपछि पनि अनेकौं सञ्जाल आइरहेका छन् । तर, विश्वभर चर्चामा रहेका सोसल मिडिय प्लेटफर्मको संख्या भने निकै कम छ ।
कति मानिस सञ्जालमा छन् ?
हाल विश्वमा ८ अर्ब ११ करोड ८८ लाख भन्दा बढी जनसङ्ख्या छ । तीमध्ये कति मानिस सामाजिक सञ्जाल प्रयोगकर्ता होलान् रु हो तपाईँको मनमा पनि यहीँ जिज्ञासा लागेको होला । सन् २०२४ मार्च ४ मा डिमान्डसेजले प्रकाशन गरेको एक अध्ययन अनुसार विश्वभरका ५ अर्ब १७ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन्, जुन विश्व जनसङ्ख्याको ६३ दशमलव ८२ प्रतिशत बराबर हो ।
तथ्याङ्कका अनुसार सन् २०१७ मा यसको सङ्ख्या २ अर्ब ७३ करोड थियो । सन् २०१८ मा ३ अर्ब १ करोड यहीँ सङ्ख्या क्रमशः बृद्धि हुँदै २४ सम्म आइपुग्दा ५ अर्बभन्दा बढी भएको हो । सन् २०२५ को अन्त्यसम्ममा यो तथ्याङ्क बढेर ५ अर्ब ४२ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
प्रयोगकर्ताको उमेर, लिङ्ग र प्लेटफर्म
विश्वका ५३.६ प्रतिशत पुरुष र ४६.४ प्रतिशत महिला सामाजिक सञ्जालको प्रयोग गर्दछन् । औसतमा उनीहरूले एक दिनमा २ घण्टा २४ मिनेट सामाजिक सञ्जालमा समय बिताउँछन् ।७ देखि ३८ उमेर समूहका मानिसले सबैभन्दा बढी सामाजिक सञ्जालमा खाता निर्माण गर्छन् । तथ्याङ्क अनुसार ती मध्ये धेरै स्मार्ट फोन प्रयोगकर्ता हुन् ।
विभिन्न देशमा प्रयोग हुने सामाजिक सञ्जालहरू
फेसबुक ह्वाट्सएप , युट्युब , इन्स्टाग्राम, वीच्याट टिकटक, फेसबुक म्यासेन्जर, स्न्यापच्याट, टेलिग्राम, डोइन, क्यूक्यू, सीना वैबा, क्वाइशू,पीनट्रस्ट ट्वीटर, रेड्डीट, क्वरा लगायतका रहेका छन् ।
फेसबुक लोकप्रिय प्लेटफर्म
यीमध्ये सबैभन्दा बढी रुचाइएको प्लेटफर्म फेसबुक हो । जुन विश्वभरका ३ अर्ब ५ करोड मानिसले प्रयोग गर्छन् । फेसबुकका संस्थापक मार्क जुकरवर्ग हुन् । उनले सन् २००४ को फेब्रुअरी ४ मा यो संजाल ल्याएका थिए ।
जुन हालसम्म ५ अर्बभन्दा बढी मानिसले डाउनलोड गरिसकेका छन् । फेसबुक पछि टिकटक, ह्वाट्सएप र युट्युब पनि लोकप्रिय छन् ।
कुन देशमा कति प्रयोगकर्ता ?
सबैभन्दा चीनका मानिसले सामाजिक सञ्जालको प्रयोग गर्छन् । तथ्याङ्कक अनुसार त्यहाँका १ अर्ब २ करोड मानिस सामाजिक सञ्जालमा जोडिएका छन् । सन् २०२७ सम्ममा यो सङ्ख्या बृद्धि भएर एक अर्ब २१ करोड २३ लाख माथि पुग्ने प्रक्षेपण गरिएको छ । त्यसपछि भारतमा र संयुक्त राज्य अमेरिकामा क्रमशः ७५ करोड ५४ लाख र ३० करोड २२ लाख मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन्, आउँदो जुनसम्म १ अर्ब १७ करोड ७५ लाख पुग्ने प्रक्षेपण छ । पछिल्लो समय जनसंख्या बृद्धि हुने देशमा चीनलाई भारतले उछिनेकाले पनि सन् २०२७ सम्ममा त्यहाँ झण्डै चीनको हाराहारीमा सामाजिक सञ्जाल प्रयोगकर्ता पुग्ने अनुमान छ ।
त्यसपछि क्रमश इन्डोनेसिया, ब्राजिल, रसिया, जापान, मेक्सिको, फिलिपिन्स, भियतनाम, टर्की, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, दक्षिण कोरिया, इटाली, नाइजेरिया, क्यानडा र बंगलादेश बढि प्रयोगकर्ता भएका देश हुन् ।
सामाजिक सञ्जालका बेफाइदा ?
केही व्यक्तिलाई सामाजिक सञ्जालले फाइदा पनि गरेकै छ यसमा दुईमत छैन । केही व्यक्तिहरूले सामाजिक सञ्जालको राम्रो उपयोग गरेर आफूलाई आम्दानीको स्रोत बनाएका छन् । तर, धेरै व्यक्तिले यसको उचित प्रयोग गर्न नजान्दा फसेका पनि छन् ।आवश्यकता भन्दा बढी समय सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिको समय त बर्बाद हुन्छ नै यो सँगै शारीरिक र मानसिक समस्या समेत निम्त्याउने गर्छ । लामो समयसम्म यसको प्रयोगले धेरै मानिस डिप्रेसनको सिकार समेत हुने गरेका छन् ।केही समय सामाजिक सञ्जालको प्रयोग गर्दा उनीहरु फोमो सिकार हुन पुग्छन् । फोमो भनेको त्यस्तो भावना हो जहाँ व्यक्तिलाई महसुस हुन्छ कि आफूबाहेक अर्को व्यक्ति एकदमै रमाइलो गरिरहेको छ ।
लाग्न सक्छ, अर्को व्यक्तिले धेरै काम गरिरहेको छ र तपाईँ भन्दा राम्रो जीवन बाँचिरहेको छ । यस्तो महसुस हुँदा जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । जसले गर्दा मानिसमा आत्मविश्वासको कमी तथा इखालु भावनाले जन्म लिन थाल्छ ।
फोमोको कारणले मानिसमा कयौँ अन्य गम्भीर समस्या पनि देखिन्छन् । यसले एन्जाइटी तथा डिप्रेसन जस्ता समस्या पनि निम्त्याउन सक्छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij