Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्धारा बृद्धाश्रममा सहयोग 

  • 262
    SHARES
  • 262 Shares
  • पोखरा, २४ बैशाख । 
    पोखराका एक युवाव्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिनमनाएका छन् ।युवायातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै जन्मदिन मनाई बृद्धाश्रमलाई  खाद्यन तथा नगद सहयोग गरेका हुन । 
    म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बसोवास गर्ने मल्लले आफ्नो ३७आंैजन्मदिन बृद्धाश्रममा मनाएका हुन । जन्मदिनको अवसरमापोखरा बृद्धाश्रममा ५ बोराचामल, १० किलो दाल , १० किलो चिनि, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसलालगायतका खाद्यान्न तथा नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् । 
    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायातसंग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनिआफ्नो जन्मदिनमा  सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेकोे बताए । उक्त अवसरमा आश्रममाआश्रित १सय ५ बर्षिय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिककाम गर्न पाएकोमा मल्लले खुसी ब्यक्त गर्दै आगामी दिनमापनि सामाजिक कामलाई निरन्तरता दिने वताए । 
    सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले सहयोगीपरिवारलाई धन्यवाददिर्दैै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको वताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोगदाताहरुको सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । रेडियो अन्नपुर्णका स्टेशनम्यानेजर सन्जयमल्लले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा फजुलखर्च गरि रमाइलो गर्नु भन्दा आश्रममा रहेको बृद्धबृद्धालाईसहयोग गर्न सकेपुण्य प्राप्तहुने वताए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तीले व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए । 
    खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनतामल्ल, छोरा सुनितमल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल बृद्धाश्रममा ५० जना बृद्धबृद्धाहरु आश्रित रहेको आश्रमकाअध्यक्ष पराजुलीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार