जनचाहना न्यूज
दमौली २५ बैशाख
व्यास नगरपालिका–१३ स्थित जनजागृति गंगा माध्यमिक विद्यालयको विव्यास र पिटिए समितिका पदाधिकारी चयन गरिएको छ । विद्यालयमा मंगलबार आयोजित भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ईश्वर प्रसाद बिसुराल,सदस्यमा आनन्द घागा मगर,हरिराम बस्नेत र सकुन्तला सापकोटा चयन गरेको छ । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्षमा सुमित्रा गिरी,सदस्यमा सावित्री अधिकारी,मिना पौडेल,सुरेन्द्र घर्ती र गंगा ढुंगेल सर्बसम्वत चयन भएको विद्यालयका सूचना अधिकारी तीर्थराज परियार बर्देवाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी विद्यालयका संरक्षक एवं व्यास नगरपालिका–१३ का अध्यक्ष बसन्त बहादुर आलेले कार्यक्रमको उदघाटन गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष आलेले निर्वाचित टिमलाई चुनौती र अवसर दुवै रहेको बताए । सञ्चालक समितिको टिम सशक्त रहेको र यसबाट विद्यालयको शैक्षिक उपलब्धिवृद्धिका साथै गुणस्तरमा विकास हुने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेशमबहादुर बिकले निवर्तमान अध्यक्षको तर्फबाट निर्वाचित अध्यक्ष एवं टिमलाई बधाई एवं शुभकामना मन्तव्य तथा कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक मिनु सुन्च्युरीले गरेकी थिइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij