जिल्ला प्रहरी कार्यालयल तनहुँले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिबादीलाई नौ महिना पछि पक्राउ गरेको छ । जिल्लाको देवघाट गाउँपालिका–२ बैदी निवासी ३९ बर्षीय मिन बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतको विसं ०७७ फागुन २१ गतेको फैसलाले दुई महिना नौ दिन कैद सुनाएपछि निज फरार हुदै आएका थिए । अदालतको फैसला पछि निज फरार सूचीमा रहेकोले प्रहरीले विसं ०७८ मंसिर २ गते पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरेको हो । पक्राउ परेका मगरलाई बाँकी रहेको कैद भुक्तानको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । अदालतबाट फैसला भएर कैद तथा जरिवाना भुक्तान नगरी बाँकी भई फरार सूचीमा रहेका प्रतिबादीहरुको खोजी खोजी अदालत समक्ष उपस्थित गराउँदै आएको उहाँले बताउनुभयो । जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागुऔषध दुव्र्यसनी र सवारी दुर्घटनामा न्युनिकरण आएको प्रहरीले जनाएको छ । सवारीसाधान चेकिङ कार्यलाई तीब्रता दिदै प्रहरीको गस्तीलाई सक्रिय बनाउन थालेपछि उक्त कुरामा न्यूनिकरण आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij