Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ जलविद्युत आयोजना ः सेतीनदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ 

  • 674
    SHARES
  • 674 Shares
  • जनचाहना न्यूज
    एस.बि.नेपाली 
    तनहुँ ३० बैशाख                                तस्बीर ः तनहुँ सभाहलमा राखिएको अलर्ट साइन 
    तनहुँ जलविद्युत आयोजनाले आपतकालिन तयारी योजना अन्र्तगत सेतीनदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान कार्य सुरु गरेको छ ।  
    ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । 
    करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रिम सूचना दिन लागेको आयोजनाले जनाएको छ । 
    जिल्लाको भीमाद स्थित हुक्सेटार,दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकिएको तनहुँ जलविद्युत आयोजना वातावरण अधिकृत बिशाल भट्टराईले जानकारी दिए । 
    अब छिट्टै इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटमा राखिनेछ,उनले भने, “बर्षा अघि सबै स्थानमा अलर्ट साइरन राखि सक्ने योजना अनुरुप काम थालिएको छ ।”
    उनका अनुसार अलर्ट साइरन वायरलेस र सोलारबाट चल्ने किसिमको हुनेछ । प्याकेज–१ अन्र्तगत करिब ४० मिटर अस्थायी बाँध निर्माण सम्पन्न गरिसकिएको  छ । 
    बर्षाको मौसम भएकाले बीस बर्षमा आउन सक्ने संम्भावित सबै भन्दा ठुलो बाढीलाई मध्यनजर गर्दै उक्त बाँध निर्माण गरिएको आयोजनाले जनाएको छ । 
    बाँध निर्माण भैसकाले खोलामा पानीको हलचल बढ्न सक्छ उनले भने,“खोलामा कोही व्यक्ति जाँदै छन्,जाने तयारीमा छन् भने खतरा छ भन्ने अग्रिम सूचना दिइनेछ,जसले धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ ।” 
    नदीमा भवितव्य अवस्था आएमा आयोजना सर्वसाधारणको सुरक्षामा जिम्मेवार भएर लागेको छ भन्ने सकारात्मक सन्देश समेत दिइने आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बताए ।  
    बाढी पहिराको समयमा अग्रिम सूचना दिइनेछ,उहाँले भन्नुभयो मानिस नदी वरिपरि छन् भने सुरक्षित स्थानसम्म पुग्न लाग्न सक्ने आधा÷एक घण्टा अगावै  सूचना दिइनेछ ।
    प्याकेज–१ अन्तर्गत सेतीनदी फर्काएर १४० मिटर अग्लो मुख्य र स्थायी बाँध निर्माण कार्य भैरहेको छ । उक्त निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार