Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार, बस आगजनीले ध्वस्त

  • 535
    SHARES
  • 535 Shares
  • फाइल फोटो
    चितवन । भरतपुर २० दद्राहानी पुलमा विद्यार्थी चढ्ने बसमा पेट्रोल बम प्रहार भएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । घटना बिहान साढे ८ बजे भएको हो । बम प्रहारबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । ६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अखिल नेपाल क्रान्तिकारी लेखिएको पर्चा भेटिएको छ । पर्चामा ६ वटामा माग लेखिएको प्रहरीले जनाएको छ । नेपाल भ्यूजबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार