Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रा.डा.वाग्लेद्वारा वेदव्यास जेष्ठ नागरिक आश्रमलाई १० हजार सहयोग

  • 356
    SHARES
  • 356 Shares
  • दमौली १ जेष्ठ
    तनहुँको व्यास नगरपालिका २ भेटघाटचोक निवासी प्रा.डा. ईश्वरचन्द्र वाग्ले र उनकी पत्नी बिन्दु वाग्लेले तनहुँको व्यास नगरपालिका ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई १० हजार रुपैयाँ सहयोग गरेका छन । प्रा.डा. वाग्लेले आफ्नो जन्मदिनको अवसर पारी आश्रमलाई उक्त रुपैयाँ सहयोग गरेका हुन । आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई पोषणमा सहयोग पु¥याउन उक्त रुपैयाँ सहयोग गरेको डा. वाग्लेले बताए । 
    वाग्लेले उक्त रकम आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेलाई हस्तान्तरण गरेका थिए । जन्मदिनमा साथीभाइ जम्मा गरेर होटलमा तडकभडक गरी मनाउनु भन्दा आश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गर्दा उनीहरुले मिठो मसिनो खान पाउने ठानेर रकम सहयोग गरेको हुँ वाग्लेले भने । सहयोग पाउँदा जेष्ठ नागरिकहरु उत्साहित भएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार