जनचाहना न्यूज
दमौली ११ जेठ
ऋषिङ गाउँपालिका–३ मा अवस्थित आदिकवि भानुुभक्त क्याम्पसको मितेरी गाउँ दुबुङको शान्ति माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अभियान अन्तगत कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत न्यून आय भएका ३६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । सर्कलको अध्यक्ष सुमन खड्काको अध्यक्षतामा प्रमुख अतिथि रिसिङ ३ का वडा अध्यक्ष भीमबहादुर थापा र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम क्याम्पस प्रमुख महाप्रसाद हड्खले, हरि सिं गुरुङ, शान्ति मावि का अध्यक्ष वेलबहादुर आले, नबिल र्बैकं दमौली शाखा प्रबन्धक विष्णु रायमाझी,सर्कलका उपाध्यक्ष पुष्प पण्डित,शान्ति माविका प्रअ ऋषिराम रानाभाट लगायतकाले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पसका प्रध्यापक तिल बहादुर थापा, धन बहादुर थापा, क्याम्पसका लेखा अधिकृत विष्णु रिजाल, इएमआईएस प्रमुख ई.अनमोल प्रधान, शान्ति माविका शिक्षक एवं विद्यार्थीहरु लगायत अन्यको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij