Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनी गाउँपालिकाद्वारा दुई चेपाङ्ग विद्यार्थीलाई अध्ययन खर्च प्रदान 

  • 364
    SHARES
  • 364 Shares
  • जनचाहना न्यूज
    तनहुँ १४ जेठ  
    तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा यहाँका दुई चेपाङ्ग विद्यार्थीलाई आइतबार अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी गाउँपालिका–५ निवासी अमृत र संजीव चेपाङगलाई मासिक रु.पाँच हजारका दरले अध्ययन खर्च उपलव्ध गराउँदै आएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यार्थीका अभिभावक मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 
    रामशाह माध्यमिक विद्यालयमा अध्ययनरतद्वय विद्यार्थी क्रमश ःकक्षा कक्षा–९ र कक्षा–११ मा अध्ययनरत रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यपालिका बैठकले बिपन्न बर्गका चेपाङ्ग बिद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग गर्ने निर्णय भए बमोजिम रकम प्रदान गरेको हो ।
    विद्यार्थी अमृतलाई दोस्रो र तेस्रो किस्ता बापत मंसीरदेखि असारसम्म आठ महिनाको रु.चालिस  हजार र संजीवलाई यही शैक्षिक सत्रको बैशाखदेखि असारसम्म तीन महिनाको रु.पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो । 
    माध्यमिक तह अध्ययनका लागि घर पाएका नपरेका र बिपन्न विद्यार्थीलाई गाउँपालिकाले अध्ययन खर्च उपलव्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । शिक्षा लिनबाट कोही बञ्चित हुन नपरोस् भनि गाउँपालिकाले निर्णय नै गरेर अघि बढेको छ,उनले भने,“विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवास बापत मासिक रु.पाँच हजारका दरले सहयोग गर्ने नीति अवलम्वन गरेको छ ।” 
    त्यसैगरी, चौध जना कार्यपालिका सदस्य र एक जना प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ता बापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् ।  पन्ध्र जनाको मासिक रु.एक हजारका दरले दश महिनाको रु.एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार