Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शिव माविमा प्रविधीमैत्री स्मार्ट बोर्डद्वारा शिक्षण सिकाई,चक,डस्टर बोकेर जानुपर्ने झन्झटको अन्त्य

  • 239
    SHARES
  • 239 Shares
  • व्यासनगरपालिका–१० दुम्सी स्थित शिव माध्यमिक विद्यालयले प्रविधिीमैत्री कक्षा शिक्षण,स्मार्ट बोर्ड मार्फत विद्यार्थीलाई शिक्षण सिकाई कार्य थालेको छ । उक्त कार्यक्रमको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन  गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले स्मार्ट बोर्डबाट शिक्षण गर्दा सिकाई दिगो हुने,समय बचत हुने,श्रव्यदृश्यबाट शिक्षण सिकाईमा सहज हुने बताउनुभयो । विद्यालयको गुणस्तरको शिक्षाको लागि पूर्वाधार प्रशस्त देखिएको हुँदा प्रगति गर्न सक्ने आधारहरु रहेको उहाँले बताउनुभयो । विव्यासका अध्यक्ष विकास रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिद्यालयका संरक्षक एवं व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा,वडा सदस्य लक्ष्मी परियार,चण्डीदेवी राष्ट्रिय माविका अध्यक्ष बाबुराम पौडेल,भानु माध्यमिक विद्यालयका बिष्णु थापा,जनता आधारभूत विद्यालयका अध्यक्ष बालकृष्ण बिक,शिक्षक महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल,भानु माविका प्रतिनिधी कृष्ण तिवारी,जनता आवसिय विद्यालयका बुद्दि बहादुर बराली,सर्वज्योति माविका मनु सापकोटा,टोल विकास संस्था एवम शिक्षक समिति उत्प्रेरण कार्यशालाका प्रशिक्षक दीपक घिमिरे लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए । उक्त विद्यालयमा चक,ह्वाइट बोर्ड,डस्टर र मार्करको प्रयोग बिना प्रोजेक्टर,युपिएस मार्फत पाठ्यपुस्तक र पाठ्यक्रमका ई–बुक मार्फत विद्यार्थीलाई शिक्षा प्रदान गर्न थालेको हो । स्मार्टबोर्डको प्रयोगले सबैको स्वास्थ्यको लागि पनि राम्रो हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिनुभयो । शिक्षक शिक्षिकाले चक डस्टरको प्रयोग गर्दा लुगाकपडा फोहोर हुने कार्यको समेत अन्त्य भएको उहाँले बताउनुभयो । चक,डस्टरको प्रयोग नगरी पढाउँदा स्वास्थ्यको दृष्टिले पनि उपयुक्त बिधी हो । उहाँले भन्नुभयो स्मार्टबोर्डको प्रयोगले कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई प्रोजेक्टर युपिएसको प्रयोग गरी पाठ्य पुस्तक,पाठ्यक्रमबाट ई–बुक डाउनलोड गरी शिक्षण सिकाइने उहाँले बताउनुभयो । तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाई थालिएपछि सहज हुनुका साथै विद्यार्थीहरु पनि उत्साहित भएर लागेको सो विद्यालयल प्रशासनले जनाएको छ । व्यासनगरपालिका कार्यालयले सोलार प्यानल जडान कार्यका लागि रु.दुई लाख बिनियोजन गरेपछि लोडसेडिङको समयमा पनि कुनै समस्या नहुने प्रअ परियारले जानकारी दिनुभयो । उक्त विद्यालयमा हाल २५० जना बिद्यार्थी रहेका छन् । अधिकाँश विद्यार्थीहरु दलित जनजातिका रहेका छन् भने अन्य समुदायका संख्या न्यून रहेको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार