Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रेडियो बाराहीमा ला ग्रान्डीका विद्यार्थीहरुको स्थलगत अवलोकन

  • 462
    SHARES
  • 462 Shares
  • पोखरा २३ जेठ 
    पोखराको रत्नचोकमा रहेको ला ग्रान्डीका बिबिए अन्तिम सेमेष्टरका विद्यार्थीहरुद्धारा बुधबार रेडियो बाराही ९९.२ को स्थलगत अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्यले यस अवलोकन कार्यक्रमको आयोजना गरिएको प्राध्यापक दिपेन्द्र पहारीले बताए । विद्यार्थीहरुलाई मिडिया र व्यवस्थापनको अन्तरसम्बन्धका बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने पहारीको भनाई थियो । 
    सो अवलोकनमा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र विश्व विद्यालयले प्रदान गरेको ज्ञानले सार्थकता पाउने बताए । व्यवस्थापन बिषय हरेक मामलामा उत्कृष्ट बिषय रहेको भन्दै यसलाई हरेक क्षेत्रमा उपयोग गर्न सक्ने भनाई राखेका थिए । रेडियो आफैमा एउटा सुचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकता तिर ढल्किदै गई केही परिस्कृत भएको समेत उनले बताए । कार्यकारी निर्देशक पौडेलले पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन जस्ता संचारका माध्यममा मिडिया र म्यानेजमेन्टको अन्तरसम्बन्धका बिषयमा आफ्ना अनुभवहरु विद्यार्थी समक्ष राखेका थिए । रेडियोको स्थापनासँगै उपयोग साथै प्रभावकारिता बारेमा जानकारी दिएका थिए । सो अवलोकनमा आएका विद्यार्थीहरुले रेडियोसग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि  राखेका थिए । अवलोकनमा बिबिए अन्तिम सेमेष्टरका करिब ३५ जना विद्यार्थी सहित रेडियो बाराहीका कर्मचारीकहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार