जनचाहना न्यूज
दमौली २५ जेठ
आँबुखैरेनी गाउँपालिका कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय ७१ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । छात्रबृत्ति वितरण परीक्षमा सहभागि भएका दुई हजार आठ सय ७२ जना विद्यार्थीमध्ये उनीहरुले छात्रवृत्ति पाएका हुन् । गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुले यही जेष्ठ १५, १८ र १९ गते छात्रवृत्ति वितरणका लागि परीक्षा सञ्चालन गरेका थिए ।