बिकास खनाल
तनहुँको बन्दिपुर गाउँपालिका घर भएर बिगत केही समय देखि दमौली स्थित गल्वुबेसी बस्दै आएकी २८बर्षीय संगिता लामिछाने बिगत १ महिना देखि बेपत्ता भएकी छन् । संगिताका श्रीमान नारायण लामिछानेका अनुसार कात्तिक ७ गते छोरा लिएर हिडेकी संगिता हालसम्म सम्पर्कमा आएकी छैनन् । छोराको मायाले आफुलाई पिरोलिएको श्रीमान् नारायणले बताउनुभयो । पूर्वतिर घर बताउने लालबहादुर मगर सँग भागेर गएको जानकारी पाएको उहाँले बताउनुभयो । पैसा गरगहना सहित नावालक छोरा लिएर बेपत्ता भएकी संगिता इण्डिया पसेको हुन सक्ने लामिछानेको अनुमान रहेको छ । खेत बन्दकी लिएर लगाएको पाकेको धान समेत आँफुले थाहै नपाइ बेचेर भागिछन् , काट्न जाँदा पो अर्कै मानिस आएर यो त मैले किनेको हो भन्ने जानकारी पाएको उहाँले बताउनुभयो । लालबहादुर मगर भन्ने ब्यक्तिको पहिलेनै बिहे भैसकेको रहेछ र उसको घरमा जेठी श्रीमती रहिछन् उसको श्रीमतीले मलाई फोन गरेर तपाईंको श्रीमती लिएर मेरो बुढा इण्डिया पसेको छन् भन्ने जानकारी पाएको छु । ती महिलाले मोवाइल नम्बर दिएपनि फोन सम्पर्क हुन नसकेको उहाँको दुखेसो छ । आफुले श्रीमती भागेको सम्बन्धमा प्रहरी कार्यलयमा पनि उजुरी गरेको लामिछानेले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij