Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जातीय विभेद र छुवाछुत मुक्त व्यास नगर बनाउन प्रतिवद्धता 

  • 343
    SHARES
  • 343 Shares
  • जनचाहना न्यूज
    दमौली ५ असार  
    व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुत मुक्त पालिका बनाउन व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने लगायतका जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । 
    व्यास नगरपालिका २ दमौलीस्थित सगुन मल्टिमिडिया प्रा.लि.को आयोजना र व्यास नगरपालिकाको सहयोगमा वुधबार दमौलीमा सम्पन्न जातीय विभेद र छुवाछुत अन्त्यका लागि समस्या र समाधानका उपायहरु विषयक साक्षात्कार कार्यक्रममा बोल्दै व्यास नगरप्रमुख न्यौपानेले दलित समुदायमाथिको विभेद न्युनिकरणको लागि पालिका गम्भिर रहेको बताए । पालिकामा छुवाछुत र जातीय विभेदका घटना नहोस् भन्नको लागि आफूले वडाअध्यक्ष लगायतका समुदायलाई सचेत रहन निर्देशन गरी सकेको समेत प्रमुख अध्यक्षले जानकारी दिए । 

    22.jpg
    ‘पालिकामा कुनै पनि जातीय विभेदका घटना नहोस् भन्नेमा हामी गम्भिर छौं’, नगरप्रमुख न्यौपानेले भने, ‘अब जातीय आधारमै छुवाछुत र विभेद हुने कुरा सबैतिर निन्दनीय विषय हो ।’ 
    कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विकले दलित समुदायका मानिसहरु अझैपनि आफूलाई मानिस हौं भन्ने संघर्षमा रहेको बताए । विभेदमा पारिएका दलितहरुले संगठित भई संघर्ष गर्नुपर्नेमा पूर्व मन्त्री विकले जोड दिए । 

    333.jpg
    कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख ईन्दीरा दरैले जातीय छुवाछुत र विभेद न्युनिकरणको लागि दलितहरु संगठित भई अग्रसर हुन आवश्यक रहेको बताईन् । जातीय लगाएत हरेक खालको विभेद अन्त्यको लागि व्यास नगरपालिका अग्रसर रहेको उनले जानकारी दिईन् । 
    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दलित र गैरदलित विच अन्तरघुलनका कार्यक्रमहरु तर्जुमा गरी समस्या समाधानमा जुट्न आवश्यक रहेको बताए । दलितहरुको समस्याले अझैपनि समाजमा प्राथमिकता पाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत गैरेको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार