जनचाहना न्यूज
दमौली १३ असार
तनहुँको भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदनकी छात्रा रञ्जिला क्षेत्री एसइई नतिजामा जिल्लामै उत्कृष्ट छात्रा भएकी छन् । बिहीबार सार्वजनिक एसईई नतिजाअनुसार ४ जिपिए ल्याउने उनी एक्ली छात्रा बनेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तनहुँका कुल पाँच हजार ३ सय ६४ परिक्षार्थीमध्ये कक्षा ११ मा साधारण अध्ययनका लागि दुई हजार एक सय ७८ र प्राविधिकका लागि ५४ जना योग्य भएका छन् । जिल्लामा अपग्रेड ल्याउने विद्यार्थी ४१.६१ प्रतिशत छन् । त्यसैगरी ३.६ देखि ४ जिपिए ल्याउने दुई सय ३६ जना छन् भने ३.२ देखि ३.६ जिपिए ल्याउने सात सय ७ जना विद्यार्थी छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij