दैलेख ११ साउन
दैलेखको महाबु गाउँपालिका ३ बाँसीमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई बालिकाको मृत्यु भएको छ । स्थानीय छामघाट खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उज्जीर सिंह बुढाकी छोरी वर्ष १६ की सपना बुढा र ललित बुढाकी छोरी अन्दाजी १४ वर्षिया भावना बुढाको ज्यान गएको हो ।
मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले शुक्रबार गोठाला गएको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।
उनीहरूको शव एक जनाको १ किलोमिटर टाढा भेटिएको र एक जनाको करिब ३ किलोमिटर टाढा भेटीएको छ । दुवै जना मालिका मावि बाँसीमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । नेपाल भ्यूजबाट
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij