तस्बीर ः साँकेतिक
पछिल्लो समयमा तनहुँमा चोरी गर्ने गिरोहको बिगबिगी बढेको छ । तनहुँका तत्कालिन प्रहरी प्रमुख एसपी दिनेशराज मैनाली सरुवा भएर काठमाण्डौ गएसंगै चोरीका घट्ना बढ्न थालेका हुन् । फर्निचर उद्योगबाट दुई वटा मोबाइल करिब चालिस हजार मूल्य बराबरको चोरी भएको व्यासनगरपालिका–१ निवासी अम्मर भण्डारीले जानकारी दिनुभयो । आफनो मोबाइल हराएको जानकारी साथीभाइहरु संग गर्दा उनीहरु पनि आफु जस्तै पीडित बनेको थाहा पाएको भण्डारी बताउनुहुन्छ । आफ्नै बहिनीको आईफोन हराएपछि प्रहरीमा निवेदन दिएपनि कुनै सुनुवाई नभएपछि प्रहरीमा निवेदन दिन नगएको उहाँले बताउनुभयो । तनहुँमा ४० देखि ५० जना चोरी गर्ने सक्रिय गिरोह रहेको दाबी गरिएको छ । व्यासनगरपालिका–१ भादगाउँको निर्मलबस्तीबाट एक जना चोरलाई पक्राउ गरे पनि भाग्न सफल भएको स्थानीय भण्डारीले जानकारी दिनुभयो । ती चोरीका गिरोहहरु एसपी क्वार्टर अगाडि निर्माणधीन अवस्थामा रहेको साबिकको महिला तथा बालबालकिाको कार्यालयमा बस्ने गरेको खुलासा भएको छ । जुन स्थान एसपी क्वार्टर देखि करिब दुई सय मीटर दुरीमा रहेको छ । दमौलीमा चोरीको बिगबिगी भएपनि प्रहरी भने मौन रहेको आभास सर्वसाधारणहरुले यतिबेला गर्न थालेका छन् । केही दिन अघि मात्रै संञ्चारकर्मी व्यासनगरपालिका–३ बिसघरे निवासी देब गजमेरको घरैबाट ल्यापटब हराएको थियो । ल्यापटब हराएको दुई दिन पछि मात्रै दमौली बजारको कुनै पसलबाट हराएको ल्यावटब फेला पार्न सफल भएपनि कसले चोरेको भन्ने कुरा नखुलाइएको पत्रकार गजमेरले बताउनुभयो । भरर्खरै सरुवा भएर तनहूँ आउनुभएका एसपी राजेन्द्रबाबु रेग्मीले चोरी डकैतीका घट्नालाई निरुत्साहित गर्न पहल गर्ने बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij